Breaking News

नारायणीको बाढीले नगरवनको झोलुङ्गे पुल बगायो

Banner

भरतपुर,असार २३-

नारायणी नदीमा आएको बाढीले गएराति भरतपुर महानगरपालिका ३ स्थित नगरवनको झोलुङ्गे पुल बगाएको छ । नारायणी नदीको पुलभन्दा केही दक्षिणमा रहेको नगरवन जोडने झोलुंगे पुल बाढीले बगाएको हो । नारायणीको भंगालोमा बनेको झन्डै सय मिटर लामो झोलुङ्गे पुल शनिबार राति साढे ११ बजेतिर ढलेको हो । घरहरू नै भत्के जसरी ठूलो आवाज सुनेर हेर्न आउँदा पुल ढलेको देखेको स्थानिय रघु तिमिल्सिनाले बताउनुभयो ।

वडा प्रहरी कार्यालयदेखि केही पर नदीको बिचमा रहेको वनलाई नगरवन भनिन्छ । त्यहाँ निर्माण गरिएको पुलको दुवैतर्फको बेस बाढीले ढलाएपछि पुल बगेको हो । यो झोलुंगे पुल २१ वर्षअघि निर्माण भएको हो । शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>