चितवन विशेष
केबिए ग्लोबलको एजुकेशन फेयरमा विद्यार्थीको उल्लेख्य सहभागिता

भरतपुर,असार १९-
उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई परामर्श,भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको केबिए ग्लोबल एजुकेशन एण्ड माइग्रेशनले एजुकेशन फेयर सम्पन्न गरेको छ । केबिए ग्लोबलको नारायणगढ लायन्सचोकस्थित आफ्नै कार्यालयमा आयोजना गरिएको फेयरमा अष्टे«लिया, क्यानडा, न्यूजिल्याण्ड, युएसए र युकेका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
फेयर विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता रहेको केबिए ग्लोबलका शाखा प्रमुख अमिर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार फेयरमा साउथ्रेन क्रस युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, स्वीनबर्न युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, युनिभर्सिटी अफ तास्मानिया, युनिभर्सिटी क्यानडा वेष्ट, वेष्टन सिड्नी युनिभर्सिटी लगायतका युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतिनिधिबाट विद्यार्थी तथा अभिभावकले प्रत्येक्ष जानकारी लिएका छन । फेयरमा सहभागि विद्यार्थीलाई आइएलटिएस,पिटिइका कक्षमा सत प्रतिशतसम्म छुटको व्यवस्था गरिएको तामाङले बताउनुभयो । उहाँले फेयरमा विद्यार्थीले बैंकका प्रतिनिधिबाट फाइनाइन्सियल प्रोसेसका बिषयमा समेत जानकारी लिएको बताउनुभयो ।

























