समाचार

रास्वपालक्षित दीपकराज गिरीले भनेः ठुला माछा समाउँदै थियौँ, रातारात सरकार परिवर्तन गरियो

Banner

काठमाडौँ, असार १८

अभिनेता दीपकराज गिरीले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् ।
पछिल्लो समय हुन लागेको सत्ता समीकरण परिवर्तनलाई लिएर गिरीले रास्वपा लक्षित गरी यस्तो बताएका हुने ।

मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् । उनले भनेका छन्, ‘नतिजा आउँदै थियो ! ठुला माछा समाउँदै थियौँ ! त्यो थाहा पाएर रातारात देशीविदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नुपर्ने कुरा !’

सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपासमर्थक कलाकारले पनि पार्टीको आलोचना गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>