राजनीति

एमाले-काँग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैनः माओवादी केन्द्र

Banner

काठमाडौँ, असार १८-

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले काँग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गर्नुभएको छ ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताउनु भयो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर काँग्रेस र एमालेबीच सहमति नभएको बताउनु भयो । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उहाँको थियो ।

उहाँले भन्नुभयो, ‘हामीलाई के लागेको छ भने अप्रत्याशित रुपमा जुन खालको घटनाक्रमहरु अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठिक छ ।’
प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा सरकारले राम्रोसँग काम गरेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>