Breaking News

मध्यरातमै प्रचण्ड नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

Banner

काठमाडौँ,असार १८-

एमालेले मध्यरातमै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ। संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सत्ता सहयात्रा गर्ने सात बुँदे समझदारीमा हस्ताक्षर भएसँगै एमालेले राति नै राष्ट्रपति कार्यालय शितल निवासमा समर्थन फिर्ताको जनाउ दिएको हो।

समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंखर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित नेताहरु शितल निवास पुगेको स्रोतको दाबी छ। पुस २१ गते दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग फेरि गठबन्धन गरेपछि एमालेले संसदमा प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेको थियो।

दुई ठूला दलबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्वमा कांग्रेस सभापतिले गर्ने समझदारी भएको छ। जसमा एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ। प्रतिनिधिसभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन्। नेताहरुले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग परामर्श पनि गरेका छन्। दाहाल नेतृत्वको सरकार विस्तापित भएपछि धारा ७६ (२)अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>