Breaking News

कांग्रेस–एमालेबीच समझदारी, ओली २ वर्ष अनि देउवा चुनावसम्मै प्रधानमन्त्री बन्ने

Banner

काठमाडौं, असार १८-

वर्तमान गठबन्धनसँग बिच्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ।

राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले संयुक्त रुपमा आह्वान गर्नेछन्।

संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको छ। कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको समझदारीमा सोमवार राति नै हस्ताक्षर भएको छ।

जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।

यस्ता छन् एमाले अध्यक्ष ओली र कांग्रेस सभापतिबीच भएको ७ बुँदे समझदारीः

१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने।

२. प्रदेश सरकारहरुमा ३-३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी।

४. प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने।

५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने।

६. संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने।

७. प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>