क्रिकेट

विश्वकपमा भारतको जितसँगै कप्तान रोहितद्वारा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

Banner

काठमाडौं,असार १६-

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि आफ्नो देशले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको अन्तिम खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।

शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्‍यो। म यही चाहन्थेँ– म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्। रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>