माैसम

उदयपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Banner

काठमाडौं, असार १४-

उदयपुरमा शुक्रबार बिहान भारी वर्षा भएको छ। पछिल्लो तीन घण्टामा उदयपुरको सुन्दरपुर वर्षा मापन केन्द्र र आसपास भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्र भएर बहने त्रियुगा खोलालगायत नदीमा बहाव बढ्नेछ । नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“असार १४, बिहान १० बजे । पछिल्लो तीन घण्टामा उदयपुरको सुन्दरपुर वर्षा मापन केन्द्र र आसपास भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने त्रियुगा खोलालगायत स–साना नदीहरूको बहाव बढ्ने हुँदा तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरू सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>