खेलकुद

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

Banner

काठमाडौं, असार १०-

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।

सोमबार सुपर आठको अन्तिम खेलमा वेस्ट इण्डिजलाई डकवर्थ लुइस मेथडमा पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको हो।

वेस्ट इण्डिजविरूद्ध जितका लागि १३६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गर्ने क्रममा पानी परेर खेल केहीबेर रोकिएको थियो।

पछि तीन ओभर घटाएर नयाँ लक्ष्य १२३ रन कायम गरी खेल सुरू गरिएको थियो। उक्त लक्ष्य दक्षिण अफ्रिकाले १६।१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>