Breaking News
राजदूतका लागि रास्वपाले माग्यो आवेदन,१४ असारभित्र आवेदन दिइसक्नुपर्ने
०

काठमाडौं,असार १०-
राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । रास्वापले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा रहेको कार्यदलले राजदूत सिफारिस मापदण्ड बनाएको जानकारी पनि दिएको छ । जसअनुसार रास्वपाको तर्फबाट सिफारिस र समन्वयका लागि आवेदनमागेको हो ।
पार्टीले तयार पारेको मापदण्डअनुसार १४ असारभित्र आवेदन दिइसक्न वा सिफारिस गर्न आग्रह गरेको छ । साथै आगामी दिनका लागि रोष्टर पनि तयार पारिने रास्वपाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























