समाचार
पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस
०

काठमाडौं, असार १०-
नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।
पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।
एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























