चितवन विशेष

कैलाश युथ क्लवको कार्यक्रममा ४५ जनाले गरे रक्तदान

Banner

भरतपुर, असार १०-

कैलाश युथ क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना पुरुष र १५ जना महिला गरी ४५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, विशेष अतिथिहरुमा भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमल मल्ल, नवजागृती सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष नारायण केसी, सेन्ट्रल कलेजका प्रिन्सीपल यज्ञ विलास पौडेल (वाइवी) र चितवन जिल्ला फुटवल सेवाका अध्यक्ष कृष्ण कार्की रहेका थिए ।

कार्यक्रम कैलाश युथ क्लवका अध्यक्ष सविन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम भरतपुर महानगरपालिका ११ स्थित कैलाशनाथ मन्दिरमा भएको थियो । रगत अभाव समाधान गर्न रक्तदान कार्यक्रम गरेको क्लवले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>