खेलकुद

अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

Banner

काठमाडौं, असार १०-

इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । ११६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्याएको हो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले मात्र ३८ बलमा ८३ रन जोडे । उनले यस क्रममा ६ चौका र ७ छक्का प्रहार गरे । उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड्दै राम्रो साथ दिए । जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका मात्र ११५ रनमा सीमित बनेको थियो । अमेरिका १८.५ ओभरमा अलआउट हुन पुग्यो ।

५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले बाँकी सबै विकेट कुनै पनि रन नजोडी गुमायो । टोलीले ६ बलको अन्तरमा ५ विकेट गुमाएको थियो ।

टोलीका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।

त्यस्तै, हरमित सिंहले १७ बलमा २१ रन जोडे भने स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए । यता, जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले २.५ ओभरमा १० रन मात्र खर्चिए ।

साम करन र आदिल रसिदले पनि २–२ विकेट हात पारे भने रिस टोप्ले र लियाम लिभिङ स्टोनले १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>