अन्तर्राष्ट्रिय

टर्कीको जंगलमा डढेलो: मृत्यु हुनेको संख्या ११ पुग्यो

Banner

टर्की,असार ९-

दक्षिणपूर्वी टर्कीमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताएका छन् ।

मन्त्रीले अन्य ७८ जना आगोबाट प्रभावित भएको बताए । जसमा पाँचजना बिरामी अझै सघन हेरचाह्रमा रहेको बताइएको छ । बिहीवार रातिबाट लागेको आगो दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्लामा फैलिएको छ ।

हावाको कारण आगोले द्रुत गतिमा ठूलो क्षेत्रलाई प्रभावित बनाएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>