चितवन विशेष

चितवन क्रिकेट संघले विभिन्न उपसमिति बनायो

Banner

चितवन, असार ९–

चितवन जिल्ला क्रिकेट संघले जिल्लामा खेलको विस्तार र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरेको छ । संघले शनिबार आफ्नै कार्यालयमा एक कार्यक्रमकाबीच गठित विभिन्न उपसमितिहरु जानकारी गराएको हो ।
संघका अध्यक्ष सुदिप पियाका अनुसार टुर्नामेन्ट एण्ड एक्टिभिटिज कमिटी, टेक्निकल कमिटी, डेभलपमेन्ट एण्ड वेलफेयर कमिटी र फाइनान्स एण्ड मार्केटिङ कमिटी निर्माण गरिएको छ । उनका अनुसार टुर्नामेन्ट एण्ड एक्टिभिटिज कमिटीको को–अर्डिनेटरमा उमेश पिया, सल्लाहकारमा आयुष लामिछाने, सदस्यहरुमा कमलराज भण्डारी, प्रशान्त कुमार पिया, जीवन गुप्ता, हिमाल खड्का, संजोग भट्टराई, प्रितम पिया, सचिन कार्की, संगम गौतम र सुसन पौडेल रहेका छन् ।
यसैगरि टेक्निकल कमिटीको को–अर्डिनेटरमा सुरज ज्ञवाली, सदस्यमा अर्जुन केसी, मदन घले, राजु खड्का र डेनियल गुरुङ रहेका छन् । त्यस्तै डेभलपमेन्ट एण्ड वेलफेयर कमिटीको को–अर्डिनेटरमा सुदिप पिया, सल्लाहकारमा साकार लामा, सदस्यहरुमा ध्रुव शर्मा, आकाश थापा, डा.शुभ लामिछाने, निता खड्का, चुम्बक लामा, सबल पिया र इ.जायश्वर आचार्य रहेका छन् ।
त्यसैगरि फाइनान्स एण्ड मार्केटिङ कमिटीको को–अर्डिनेटरमा अर्जुन केसी, सदस्यहरुमा उत्सव श्रेष्ठ, आर्या अर्याल, मेघनाथ उपाध्याय र मिराज पौडेल रहेका छन् ।
सदस्यहरुलाई सोही कार्यक्रममा कमिटीमा चयन गरिएको पत्र प्रदान गर्दै स्वागत गरिएको थियो ।
यसैगरि संघले क्रिकेट गतिविधिलाई जिल्लाभर विस्तार तथा व्यवस्थापन गर्न क्षेत्रगत रुपमा संयोजक समेत चयन गर्दै आइरहेको छ । शनिबार नै माडी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरि महादिप श्रेष्ठलाई संयोजक चयन गर्दै नियुक्ती पत्र प्रदान गरिएको थियो । यस्तै भरतपुर क्षेत्रलाई प्रतिनिधित्व गर्ने संयोजकमा सिद्धान्त श्रेष्ठलाई पनि चयन गरिएको संघ अध्यक्ष पियाले जानकारी दिए । उनका अनुसार संघले यसअघि नै पूर्वीचितवनलाई हेर्ने गरि सौगात भुजेललाई संयोजकको जिम्मेवारी प्रदान गरि सकिएको छ भने विद्यालय क्रिकेट हेर्ने गरी स्मल हेभन मोडल स्कुल आँपटारीका प्रिन्सिपल विमल क्षेत्रीलाई चयन गरि सकिएको छ ।
कार्यक्रममा संघका उपाध्यक्ष उमेश पिया, सचिव सुरज ज्ञवाली, कोषाध्यक्ष अर्जुन केसीलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संघले शनिबार नै आफ्नो वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । जसमा १९ वटा कार्यक्रम समेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>