Breaking News

विश्वकपबाट फर्किएपछि सन्दीपले भने- लामो समयपछि खेल्दा डेब्यू गरेजस्तो लाग्यो

Banner

काठमाडौं,असार ८-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले लामो समयपछि क्रिकेट मैदानमा पाइला राख्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन्। आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने शनिबार दिउँसो स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।

क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन्। उनले विश्वकपको अनुभव सेयर गर्दै भनेका छन्, ‘धेरै लामोसमयपछि क्रिकेटमा पाइला राख्दा आफैँले डेब्यू गरेजस्तो लाग्यो।’ उनले आफ्नो विश्वकपको अनुभव मेमोरेबल (सम्झनलायक) रहेको पनि सुनाए।

‘हामी विश्वकपको यात्रामा कहाँ निर चुक्यौँ भन्ने हामी सबैलाई थाहा छ। त्यो धेरै कोट्याइराख्नुपर्ने जरुरी मलाई लागेको छैन। हामीले अझै धेरै गर्नुपर्नेछ,’ लामिछानेले भने। उनले बाहिर बसेर बोल्नुजति सहज खेल्न नहुने पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>