अन्तर्राष्ट्रिय

मंगोलियामा गर्मी याममा हिमपात

Banner

काठमाडौं, असार ८-

मंगोलियाको राजधानी उलान बातोरलगायत केही भागमा गर्मी याममा समेत हिमपात भएको छ । बिहीबार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भू-भागमा भारी वर्षा भइरहेको छ ।

शुक्रबार बिहानैदेखि हिमपात भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ । गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरूले बताएका छन् । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यहाँका मौसमविद्हरूले अस्थिर मौसमको अवस्था सप्ताहन्तसम्म जारी रहने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>