Breaking News

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सूचारु

Banner

भरतपुर,असार ८-

लेदोसहितको पहिरो खसेर अबरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सूचारु भएको छ । राती १ बजे सडकखण्डको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो जाँदा सडक दुइतर्फी अबरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरेर पहिरो पन्छाएपछि बिहान ५ः३० बजेदेखि सडक सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । सडक अबरुद्ध हुँदा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन । बर्खा लागेसंगै यो सडकखण्डमा पहिरोको जोखिम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>