चितवन विशेष

एमाले चितवनले वडा र पालिकामा इन्चार्ज तोक्यो

Banner

चितवन, असार ७ –

नेकपा (एमाले) चितवनको जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । आज शुक्रबार विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकले चितवनका ९८ वटा वडामा इन्चार्ज तोकेको छ । त्यसैगरी २ वटा शाखा र १ वटा विशेष शाखा (बाँदरझूला) शाखामा इन्चार्ज तोकेको छ ।

यसैगरी पालिका कमिटीमा पनि इन्चार्ज तोकिएको छ । भरतपुर महानगरपालिकाको इन्चार्जमा चितवन जिल्ला कमिटी उपाध्यक्ष श्याम कुमार विष्ट, कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको इन्चार्जमा जिल्ला कमिटी अध्यक्ष कमलराज पाठक, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाको इन्चार्जमा जिल्ला कमिटी सचिव प्रकाश ढुंगाना, माडी नगरपालिकाको इन्चार्जमा उपसचिव मिन बहादुर परियार र राप्ती नगरपालिकाको इन्चार्जमा ज्वाला वनलाई तोकिएको छ ।

नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख उपस्थिति रहेको बैठक जिल्ला कमिटी अध्यक्ष कमलराज पाठकको अध्यक्षता भएको थियो । बैठकमा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य एवम् जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष शान्ता पोखरेल एमाले प्रवेश गरेकी छन् । उनलाई उपमहासचिव ज्ञवालीले पार्टी प्रवेश गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>