चितवन विशेष

चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबलको उपाधि जानकी माविले जित्यो

Banner

चितवन, असार ७-

प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि जानकी माविले जितेको छ । आज ९शुक्रबार० सम्पन्न फाइनल खेलमा हिमालय दण्डपाणिलाई ३-२ को सेटमा हराउँदै जानकी मावि च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा जानकी मावि २५-२०, २५-२२, २०-२५, २१-२५ र १५-१३ ले विजयी भयो ।पहिलो सेटमा जानकी मावि २५(२० ले जित्यो । दोस्रो सेटमा जानकी मावि २५-२२ ले विजयी भयो । दोस्रो सेटमा लगातार पाँच अंंक जोड्दै जानकी माविले हिमालय दण्डपाणिमाथि दबाब बनाएको थियो । त्यसपछि हिमालय दण्डपाणिले कमब्याकको संकेत गरे पनि सफल भएन ।

सुरुवाती दुई सेटका कमजोर देखिएको हिमालय दण्डपाणि तेस्रो सेटमा लयमा फर्किदै उत्कृष्ट कमब्याक गर्न सफल भयो । तेस्रो सेटमा हिमालय दण्डपाणि २५-२० ले विजयी भयो । यस्तै चौथो सेटमा हिमालय दण्डपाणि मावि २५-२१ ले विजयी भयो । तर निर्णायक सेटमा जित हात पार्दै जानकी मावि च्याम्पियन बन्यो । पाचौं तथा निर्णायक सेटमा जानकी मावि १५-१३ ले विजयी भयो ।

उपाधि विजेता जानकी मावि ले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको हिमालय दण्डपाणिले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । यस्तै दुबै टिमका खेलाडी तथा अफिसियलले मौलाकालि केबल कारको तर्फबाट टिकट पनि प्राप्त गरेको छ ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल ९वाईबी०, नेपाल भलिवल संघकी केन्द्रीय सदस्य गंग आथापा श्रेष्ठ तथा संघका पदाधिकारीहरुले पुरस्कार वितरण गरे ।

जिल्ला भलिवल संघ चितवनको आयोजनामा प्रतियोगितामा चितवनका विभिन्न १४ विद्यालय सहभागी भएका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>