समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हेलिकोप्टर उडान भक्तपुर सारियो

Banner

भक्तपुर, असार ७-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार शुक्रबारदेखि १२ वटा हेलिकोप्टरलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सारिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाका अनुसार, शुक्रबार बिहान नौ वटा वायुसेवा कम्पनीका हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर नलिन्चोक अवतरण भएका थिए ।
प्राधिकरणका इन्जिनियर विनायक भट्टराईका अनुसार, ३३ रोपनी क्षेत्रफलमा फैलिएको हेलिपोर्ट एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । उनका अनुसार, उक्त हेलिपोर्टमा १३ वटा हेलिकोप्टर पार्किङ्ग क्षमता रहेको छ । यो पोर्टमा एकैपटक चार स्थानबाट हेलिकोप्टरले उडान गर्न सक्नेछन् । ‘३३ रोपनी जग्गामध्ये २६ रोपनी हेलिकोप्टर पार्किङ्गका लागि छुट्याइएको छ । बाँकी ७ रोपनीमा हेलिकोप्टर कम्पनीहरुका लागि कार्यालय, भवन निर्माण अन्तिम चरणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>