देश/प्रदेश

भारतीय नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै फरार

Banner

जनकपुरधाम, असार ७-

भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय न्सार कार्यालयबाट पिसाब फेर्ने बहाना गरेर फरार भएका हुन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका हुन् । ‘रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए, सोही क्रममा भागे’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>