घटना -दुर्घटना

भरतपुरमा मोटरसाइकलको ठक्करबाट माग्दै हिँड्ने पैदल यात्रुको मृत्यु

Banner

भरतपुर, असार ६–

भरतपुरमा मोटरसाइकलको ठक्करबाट मागि खाई हिँड्ने पैदल यात्रुको मृत्यु भएको छ ।

भरतपुर–२३ कृष्णचोकबाट बजार तर्फ जादै गरेको बा.प्र०२–०१९प ६४७१ नं.को मो.सा.ले ठक्कर दिँदा पैदल यात्रु भरतपुर–२१ का ३५ वर्षिय रामकृष्ण को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुका करिब साढे ८ बजे भएको उक्त दुर्घटना पश्चात गम्भीर घाइते भएका परियारको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिबार विहान करिब साढे ५ बजेको समयमा मृत्यु भएको हो ।

मोटरसाइकल र चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>