Breaking News

संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

Banner

काठमाडौं,असार ५-

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा डिउटीमा रहेका एक प्रहरी जवान मृत भेटिएका छन् । संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोले बुधबार बिहान ८ बजे मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेको देखिएको एसपी अधिकारीले बताए । दोलखाको मेलुङ गाउँपालिका ०४ घर भएका २२ वर्षीय गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद् सुरक्षा वेस नयाँ बानेश्वरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>