बलिउड/हलिउड

भारतीय चर्चित गायिका अल्काको सुन्ने क्षमता गुम्यो,भन्छिन्ः चर्को आवाजमा गीत नसुन्नुहोला

Banner

काठमाडौं,असार ४-

भारतीय चर्चित पार्श्व गायिका अल्का याग्निकको सुन्ने क्षमता गुमेको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले सुन्न सक्ने क्षमता गुमाएको जानकारी दिएकी छन् । अल्काले लेखेकी छिन्, ‘केही साताअघि म हवाई यात्रामा थिएँ र अचानक मैले केही सुन्न नसकेको महसुस गरेँ । त्यो घटनाको केही सातापछि म यसबारे बोल्ने साहस बटुल्दैछु । मेरा साथीहरूले मलाई तिमी कहाँ हरायौ भनेर सोधिरहेका थिए । दुर्लभ किसिमको न्यूरो संक्रमणका कारण मैले श्रवणशक्ति गुमाएकी छु ।

उनले आफूलाई दर्शक तथा स्रोताको माया र साथले रोगविरुद्ध लड्न साहस दिएको उल्लेख गर्दै फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् । चर्को आवाजमा हेडफोन लगाएर गीत संगीत नसुन्न पनि उनले सजग गराएकी छन् । म मेरा फ्यानहरूलाई पनि अपिल गर्न चाहन्छु कि हेडफोन लगाएर धेरै उच्च आवाजमा गीतहरू नसुन्नुहोला । स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण छ ।

अल्का चार दशकदेखि हिन्दी फिल्ममा गीत गाइरहेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>