भरतपुर

डीडीसीमा तालाबन्दी गर्ने किसानको चेतावनी

Banner

काठमाडौँ, असार ०४-

दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी)मा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

दुधको रकम करिब ७ महिनासम्मको भुक्तानी नपाएको भन्दै किसानले बुधबार काठमाडौँको लैनचौरस्थित डीडीसीमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

दुग्ध उत्पादक किसानहरूले कालो पट्टी बाँधेर दुध संकलन केन्द्र र दुग्ध सहकारी संस्थाहरूमा दुध पुर्‍याई विरोध गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव राम प्रसाद आचार्यले बताए ।

आचार्यले आन्दोलनमार्फत पनि रकम भुक्तानी नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी समेत गरेको बताए । किसानले डीडीसीमार्फत करिब २ अर्ब रकम भुक्तानी नभएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>