देश/प्रदेश

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

Banner

मनहरी, असार ३-

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताउनुभयो । उहाँका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>