देश/प्रदेश

भिडियो बनाउने हेतुले कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

Banner

इलाम, असार ३-

इलाम कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय इलामले कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्नेमध्ये तीन जना युवालाई पक्राउ गरेको हो ।

पशु कल्याण संघ काठमाडौंले कुकुरको बच्चा हत्या गर्नेहरु बिरुद्ध इलाम प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरी दर्ता भए लगत्तै देउमाइ नगरपालिकास्थित जितपुरबाट तीन युवा प्रकाउ परेका हुन् ।

भिडियो बनाउने हेतुले ती युवाहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेका थिए । सुगम मोराहाङ लिम्बु नामको फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिप्रका इलाममा जाहेरी दर्ता गराएको थियो । जाहेरीमा मूलुकी अपराध संहिता २०४७ अनुसार हदैसम्मको कारबाही गरिपाउँ भनी माग गरिएको छ ।

नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

मुलुकी अपराध संहिता २०७५ ले कुनैपनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>