चितवन विशेष

पहिरोले अवरुद्ध भएको मुग्लिङ–नौविसे सडक खुल्यो

Banner

चितवन, असार ३-

पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ–नौविसे सडक सञ्चालनमा आएको छ ।

आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।

रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो ।

सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन् । तर, राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।

फोटो : दानबहादुर गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>