समाचार

अनलाइन जुवा खेलेको आरोपमा ६ जना पक्राऊ

Banner

काठमाडौँ, असार ०२-

अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वूल्फ ७७७ अनलाइन क्यासिनो साइटबाट जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको हो ।

पक्राउ पर्नेहरूमा रुपन्देही घर भएका २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जैसवला, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय रामु गिरी, २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँ घर भएका २९ वर्षीय सजल श्रेष्ठ रहेका छन् । उनीहरूलाई विभिन्न मितिमा काठमाडौँ र रुपन्देहीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमार्फत पठाई अनलाइन सट्टेबाजी खेलाउने गरेका थिए । २ महिना अगाडिदेखि अन्दाजी २४ करोड रकम बराबरको शङ्कास्पद अनलाइन कारोबार गरेको बोगटीको भनाई छ ।

उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ अन्तर्गतको सट्टेबाजी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>