चितवन विशेष

हिमालयन बैंकको भरतपुर र त्रिपुरेश्वर शाखा स्थानान्तरण

Banner

काठमाडौं,असार २-

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका-११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले अब असार २ गतेदेखि थापाथली शाखाको नामबाटै सेवा दिएको हो ।

बैंकका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त शाखाको उद्घाटन गरेका थिए । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका-१ मेन रोड नारायणगढबाट सेवा दिन थालेको छ । असार २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो । हाल बैंकले नेपालभर फैलिएका १७४ शाखाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>