चितवन विशेष

चितवनका किसानको समस्या लिएर कांग्रेसको भातृ संगठनले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

Banner

चितवन, असार ३–

नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ चितवनले यहाँका किसानहरुको समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

किसानको क्षतिपूर्ति, सुविधा र समयमा मलको समस्या समाधन गर्न चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन् । दूध उत्पादक किसान, केरा उत्पादक किसान र माहुरीपालक किसानले व्यहोरेको समस्यामा गम्भिर हुन आग्रह गरिएको महासंघ चितवनका सचिव इन्द्रमणी गैरैले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, सचिव ध्रुव पोखरेल, नेपाल किसान महासंघका क्षेत्रीय अध्यक्ष परञ्जीवि ढकाल, सार्वजनिक सेवा कर्मचारी संघ चितवनका अध्यक्ष सुरेश अधिकारीलगायत सहभागी थिए । प्रजिअ यादवले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उक्त ध्यानाकर्षण पत्र तत्काल पठाउने प्रतिवद्धता जनाए ।

दूध उत्पादक कृषकले दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरुले ६ महिनादेखी भुक्तानी नदिएको भन्दै सरकारसंग भएको सम्झौता अनुसार ४ अर्ब रकम भुक्तानीको ब्यवस्था गर्न माग गरिएको छ । यस्तै गत जेठको १७ गतेदेखी चार दिनसम्म आएको हावाहुरीले केरा खेतीमा क्षति गरेको भन्दै उचित क्षतिपूर्ति र र बिमा रकम तत्काल भुक्तानीको माग गरिएको छ । केराखेतीमा करिब १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । जसबाट ७ सय किसान मारमा परेका छन् ।

त्यस्तै समयमा मल नपाउने समस्याको पनि महासंघले विषय उठान गरेको छ । आवश्यकता भन्दा ४० प्रतिशत मात्र मल आयात हुने गरेको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन माग गरिएको छ । दानाको मूल्य, नेपाल सरकारबाट पाउने बिमा, महको बजारीकराण्को समस्याप्रति ध्यानाकर्षण समेत गराएका छन् । नेपालमा वार्षिक ९ हजार मेट्रिक टन उत्पादित मह मध्ये चार हजार मेट्रिक टन महले बजार नपाएको भन्दै उचित बजारीकरणको ब्यवस्था मिलाउन माग गरिएको छ । धारासायी बनेको पोल्ट्री ब्यवसायको गहन अध्ययन गरी समाधानको लागि समेत माग गरिएको अध्यक्ष निलकण्ठ रिजालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>