चितवन विशेष

भरतपुर ७ र ४ का बासिन्दालाई क्यान्सर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट

Banner

भरतपुर,असार २-

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ७ र ४ का बासिन्दाले क्यान्सर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट पाउने भएका छन । क्यान्सर अस्पताल सञ्चालक समितिको बैठकले क्यान्सर रोग लागेर उपचार गर्न आउने दुई वडाका स्थायी बासिन्दालाई छुट दिने निर्णय गरेको हो । यी दुई वडा क्यान्सर अस्पतालसंग जोडिएका वडाहरु हुन ।

अस्पतालसंग जोडिएका वडाका नागरिकलाई बिशेष प्राथमिकतामा राखेर छुट दिने निर्णय गरिएको सञ्चालक समिति सदस्य दिलिप पौडेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>