चितवन विशेष

चितवनमा असार ६ गतेदेखि विद्यालय स्तरीय छात्रा भलिबल हुँदै

Banner

भरतपुर,असार २-

प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ चितवनको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता असार ६ देखि ८ गतेसम्म हिमालय दण्डपाणी न्यौपाने मावि भरतपुर १३ को खेल मैदानमा हुने संघका महासचिव रमेशचन्द्र विकले जानकारी दिए । प्रतियोगितामा चितवन जिल्लाभरका विद्यालय अन्तर्गतका छात्राहरुको टोली सहभागी हुनेछन् ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित २० हजार रुपैयाँ तथा उपविजेताले दश हजार रुपैयाँ प्राप्त गर्नेछ । असार ५ गतेसम्म सहभागी टिमको टुङ्गो लाग्ने र सोही दिन खेल तालिका सार्वजनिक गरिने उनले बताए । चितवन जिल्ला भित्र रहेका प्रतिभावान छात्रा खेलाडीहरुको प्रतिभा प्रष्फुटन तथा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको संघका कार्यबाहक अध्यक्ष गंगालाल लामाले बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाका तर्फबाट विभिन्न प्रतियोगितामा पठाउने लक्ष्यसमेत रहेको अध्यक्ष लामाको भनाइ छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>