अन्तर्राष्ट्रिय

उत्तराखण्डमा पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

Banner

नयाँ दिल्ली, असार २-

भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । अरु १२ जना घाइते भएका छन् ।

सो गाडीमा २६ जना यात्रु सवार थिए । सो ट्राभलर गाडी गुरुग्रामबाट तुंगानाथ–चोपटा जाँदै गर्दा शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको बताइएको छ । यस घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको र ३ जनाको सनाखत हुन नसकेको बताइएको छ । गाडी सडकबाट करिब ३०० मिटर गहिरो भीरमा खसेको थियो । १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>