चितवन विशेष

चितवनको सौराहा,मेघौली र गोलाघाटलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गरिने

Banner

चितवन,असार २-

चितवनको सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको शैलुङ क्षेत्रलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले उक्त घोषणा गरेका हुन् । बागमती प्रदेश सरकारले सो आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, लिपी, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहने अध्येतालाई प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । बागमती प्रदेशभित्र रहेका मूर्त अमूर्त संस्कृति र सम्पदाको संरक्षण गर्न आवश्यक नीति तर्जुमा गरिने बजेटमा उल्लेख छ ।

समुदायको सहभागितामा विभिन्न जातजाति, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, पुराना बाजा, संगीत, नाच र नाट्य लगायतका अमूर्त सांस्कृतिक सांस्कृतिक सम्पदाको सूचीकरण र संवद्र्धनात्मक कार्यक्रम संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको समेत बजेटमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>