चितवन विशेष

चितवन, बारा र पर्साबाट लागुऔषध सहित तीन जना पक्राउ

Banner

काठमाडौँ, असार १-

चितवन सहित देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार चितवन, बारा र पर्सा जिल्लाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
चितवनको रत्ननगर नगरपालिका १६ खैरेनी बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागु औषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागु औषध फेला पारी पक्राउ गरेको हो ।
यस्तै बाराको निजगढ नगरपालिका ८ स्थित तामागढी गेटबाट अवैध लागु औषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका ८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा।प्र०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
उता पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागु औषध नाईट्राभेट ४५ ट्याब्लेटसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागु औषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>