नवलपरासी
नारायणी नदीमा डुबेर बालिकाको मृत्यु
०
![Banner](https://narayanionline.com/wp-content/uploads/2024/03/dubera-death.jpg)
नवलपुर,असार १-
त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार बिनयी त्रिवेणीस्थित चन्दन गुप्ताकी १३ वर्षिया छोरी आंचल गुप्ताको नदीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको हो ।
प्रहरी र स्थानीयले उद्धार गरेर नजिको भारतीय सुरभी मेडिकेयरमा उपचारको लागि पुरयाइएपछि उनको मृत्यु भएको प्रहरीले जनायो । त्रिवेणीधामस्थित नेपाल भारत सिमानामा गण्डक ब्यारेज पुल रहेको छ । गर्मी छल्न स्थानीयहरु पुल तल नदीमा पौडी खेल्न जाने गर्छन् । त्यही पौडिन जाँदा डुबेर उनको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>