Breaking News

दक्षिण अफ्रिकाविरुद्ध नेपालको खेल गर्व गर्न लायकः कप्तान रोहित

Banner

काठमाडौं,असार १-

आईसीसी टी- २० विश्वकपमा नेपाल मात्र १ रनले दक्षिण अफ्रिकासँग हारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको खेलबाट आफू सन्तुष्ट रहेको बताएका छन्। खेलपछि उनले भने, ‘नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ। बलिङ र ब्याटिङमा नेपालले राम्रो गर्‍यो। अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ।’ नेपाली समर्थकको उपस्थितिको प्रशंसा गर्दै कप्तान पौडेलले जहाँ भए पनि घरेलु मैदानकै आभास हुने अनुभूति सुनाए। उनले भने, ‘टाढाबाट आएर वर्षा पनि नभनी नेपाली टोलीको हौसला बढाउनुहुन्छ, त्यसका लागि नेपालका समर्थकलाई धेरै-धेरै धन्यवाद !’ शनिबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले हार्दा सुपर ८ मा पुग्ने सपना अधूरै रहेको हो।

टी-२० आईमा नेपाल र दक्षिण अफ्रिका पहिलोपटक भेट भएका हुन्। नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग खेल्नेछ। समूह डीबाट नेपालसँगै श्रीलंका पनि बाहिरिएको छ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>