Breaking News

यस बर्षको एसईई परीक्षा चैत ६ गतेदेखि हुने

Banner

काठमाडौं, जेठ ३२-

राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएको छ । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको हो ।

क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययनरअध्यापन, तयारी गर्न सहज हुने भएकाले समय तोकेर क्यालेन्डर सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा सुरु हुने मिति तोक्नुको साथै तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिले नै परीक्षाको मिति सार्वजनिक गरेपछि पठनपाठन सहजता आउने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>