Breaking News

आमा र दुई बच्चासहित तीन जना घरभित्र मृत फेला

Banner

काठमाडौं, जेठ ३२-

झापामा तीन जनाको शव फेला परेको छ । आज बिहान शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका हुन्।

आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। विशाल र आयुष बेडमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार घटनास्थलमा बमिट समेत गरिएको देखिएको छ। त्यस्तै विषादी समेत गन्ध आइरहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>