Breaking News
चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो
०

भरतपुर,जेठ ३२-
चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा बस त्रिशुली नदी किनारमा खसेको छ । आज बिहान ७ः२५ बजे नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसंग ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो । बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका १२ जनाको उपचारका लागि भरतपुर ल्याइएको छ । बसमा ३५ जना र कारमा ५ जना सवार थिए । अन्य यात्रु शकुसल रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























