मनोरञ्जन
तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल दीपेश लामाको निधन
०

काठमाडौं, जेठ ३०-
चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ ।
मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले जानकारी दिए । लामाको पार्थिव शरिरलाई आज (बुधबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित थिए ।