समाज
आचार्यले देखाएको निष्ठामा काँग्रेस हिड्नु पर्छ

चितवन, जेठ ३०-
नेपाली काँग्रेसलाई स्वर्गीय नेतृ शैलजा आचार्यले देखाएको निष्ठाको बाटोमा हिँडाउनु आजको आबश्यकता रहेको काँग्रेस नेताहरुले बताएका छन् ।
शैलजा आचार्य स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयले मंगलावर यहाँ आयोजना गरेको १५औं स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले काँग्रेसलाई आचार्यको निष्ठा र उनको बिचारका साथ अघि वढाउन सके जनताको प्रिय बनाउन सकिने बताएका हुन् ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेता तोपमान सिंह गुरुङ, प्रदेश सभा सदस्य उत्तम जोशीले काँग्रेसलाई बलियो वनाएर लैजानका लागि आचार्यको जीवन शैली र सिद्दान्तलाई अंगाल्नु आवश्यक रहेको बताए । आचार्य एक आदर्श महिला नेतृ भएकाले उनको इतिहास कसैले भूल्न नहुने उनीहरुको भनाई थियो । देश र जनताप्रति समर्पित नेताको रुपमा आचार्यलाई चिन्ने गरिएको उनीहरुले बताए ।
प्रतिष्ठानकी अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य देवकी गौतम, छलि कुमारी शर्मालगायतले आचार्यको जीवनबाट काँग्रेसले सिक्नु पर्ने धेरै कुरा रहेको बताएका थिए ।
























