Breaking News

नेपाल र श्रीलंकाबीचको खेल रद्द,दुबै टोलीले १-१ अंक बाँडे

Banner

अमेरिका,जेठ ३०-

आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>