बलिउड/हलिउड
विवाह गर्दै बलिउड अभिनेत्री सोनाक्षी
०

मुम्बई,जेठ २९-
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन् । उनीहरूले सार्वजनिक रूपमा एकअर्काको प्रेम नस्विकारे पनि उनीहरूले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन् ।
अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ की अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाइ तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन् । उनीहरूको विवाह मुम्बईको बास्टियनमा हुनेछ ।
सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्बिर राख्दै जन्मदिनको शुभकामना दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























