चितवन विशेष
शतप्रतिशत सम्मको स्कलरशिपको सुबिधासहित मेट्स चितवनको ‘युएसए एडमिसन डे’ हुँदै

चितवन,जेठ २९-
शतप्रतिशतको स्कलरशिपको सुबिधा सहित मेट्स चितवन नारायणगढले यही जेठ २९ गते अर्थात जुन ११ तारिख सोमबारका दिन उच्च शिक्षा अध्ययनका लागि युएसए अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागि ‘युएसए एड्मिसन डे’ कार्यक्रमको आयोजना गर्दैछ । मेट्स नारायणगढको कार्यालय शहीदचोकमा हुने सो कार्यक्रममा काउन्सिलरहरुद्वारा उचित काउन्सिलिङ प्रदान गरिनेछ । बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समयमा बिद्यार्थी अभिभावकहरुले डकुमेन्टेशन, प्रोसेसिङ लागायतका बिबिध बिषयका बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन । ३० प्रतिशत प्रोसेसिङ शुल्क छूटको ब्यबस्था, भिसा इन्टरभ्यु ओरिएन्टेशन सेसन निशुल्क र आइएलटिएस तथा पिटिई बिना पनि बिद्यार्थीहरुले प्रोसेस गर्न सक्नेछन । साथै फाइनान्सियल डकुमेट्स सम्बन्धी बिस्तृत जानकारी सहित बढी भन्दा बढी स्कलरशिपको सुबिधा सहित बिद्यार्थीहरु लाभान्वित हुन सक्नेछन्।
कार्यक्रममा सहभागिता जनाउने हरेक बिद्यार्थीहरुका लागि ६५ प्रतिशत सम्मको छूटमा आइएलटिएस र पिटिईको कक्षाको ब्यबस्था समेत रहेको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका रिजनल म्यानेजर प्रकाश पौडेलले जानकारी गराउनु भयो । यस अघि प्लस टु दिएका बिद्यार्थीहरुलाई लक्षित गरि ‘मेट्स इन्टरनेशनल एजुकेशन फेयर’ आयोजना गरिएको थियो भने आगामी दिनहरुमा युके, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड लगायतका मुलूकहरुमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागि यस्तै कार्यक्रम आयोजना गर्ने मेट्सले जनाएको छ ।