Breaking News
महोत्तरीमा गोली चल्दा एक जना घाइते
०

महोत्तरी, जेठ २८-
महोत्तरीको गौशालामा अज्ञात समूहले चलएको गोली लागि एक व्यक्ति घाइते भएका छन् । सोमबार साँझ साढे ५ बजे गौशालास्थित मडाह खोलामा गोली चलेको प्रहरीले जनाएको छ ।
गोली लागि घाइते हुनेमा गौशाला-५ का अन्दाजी ३८ वर्षका विनयकुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । महतोको गौशाला प्राथमिक उपचार केन्द्रमा उपचार पछि जनकपुर रेफर गरिएको जयसवालले बताए । मडाह नदीमा पैदल यात्रीलाई मोटरसाइकलमा आएको अज्ञात समूहले गोली चलाएको प्रारम्भिक सूचना रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























