Breaking News

महोत्तरीमा गोली चल्दा एक जना घाइते

Banner

महोत्तरी, जेठ २८-

महोत्तरीको गौशालामा अज्ञात समूहले चलएको गोली लागि एक व्यक्ति घाइते भएका छन् । सोमबार साँझ साढे ५ बजे गौशालास्थित मडाह खोलामा गोली चलेको प्रहरीले जनाएको छ ।

गोली लागि घाइते हुनेमा गौशाला-५ का अन्दाजी ३८ वर्षका विनयकुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । महतोको गौशाला प्राथमिक उपचार केन्द्रमा उपचार पछि जनकपुर रेफर गरिएको जयसवालले बताए । मडाह नदीमा पैदल यात्रीलाई मोटरसाइकलमा आएको अज्ञात समूहले गोली चलाएको प्रारम्भिक सूचना रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>