Breaking News

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Banner

पोखरा,जेठ २८-

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदले मत दिए । विपक्षमा २८ मत परेको छ । प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।

उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् । यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>