चितवन विशेष

भरतपुरमा युवक र महिला मृत फेला

Banner

भरतपुर,जेठ २८-

चितवनको भरतपुरस्थित दुई छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली मृत फेला परेका वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरबाट करिब दुई किमि टाढा खेतमा नेपाली मृत अवस्थामा फेला परेका हुन् । आइतबार दिउँसो उनको शव फेला परेको हो ।

यस्तै, आइतबार नै भरतपुर महानगरपालिका–२३, खड्गौलीकी ५० वर्षीया बुधनी दराई मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार केरुंगा खोलानजिकै उनी मृत अवस्थामा फेला परेकी हुन् । उनी घरबाट माछा मार्न भनेर केरुंगा खोलामा गएकी प्रहरीको भनाइ छ ।

आइतबार भएका दुवै घटनाको जानकारी वाग्मती प्रदेश प्रहरी कार्यालयले सोमबार दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>